रवि लामिछानेको टिप्पणी : संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद नचल्ने तर मात्र बार्गेनिङ चल्ने टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले लेखेका छन् ‘ बर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानून बनाउनु पर्ने छ, कयौं कानूनमा संशोधन गर्नुपर्ने छ, जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।
सभापति लामिछानेले बषौंदेखि देशलाई प्यारलाईज्ड गरेर थलाइएको पनि उल्लेख गरेका छन् ।