सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन एकीकृत समाजवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुख्खाग्रस्त क्षेत्रबाट प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
हिजो शनिवारदेखि जारी पार्टीको स्थायी कमिटीको १६ औँ बैठकले मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाई नै हुन नसकेकोले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जनगनाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘बैठकमा समसायिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभारका सम्बन्धमा गहन छलफल भएको थियो मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाई नै हुन नसकेकोले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने लगायतका निर्णय गरेको छ ।’
बैठकले गरेका विभिन्न निर्णयहरुमध्ये केहि निम्न प्रकार छन् ।
१. मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाई नै हुन नसकेकोले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने ।
२. मुलुकका विभिन्न भागमा बाढी पहिरो गइ जनधनको ठुलो क्षेति भएकाले बाढी पहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने ।
३. भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धारकार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्ने ।
४. मुकुकभर फैलिएको लम्पी स्किन रोगबाट ठुलो संख्यामा पशुहरुको मृत्यु भएर क्षति भोगेका किसानहरुलाई राहत दिन सरकारसँग माग गर्ने ।
५. अहिले पार्टी र पार्टी सम्वद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक संचार माध्यम र सामाजिक संजालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ पार्टीका नीति र निर्देशनको अबज्ञा भैरहेमा पार्टी विधान अनुसार कार्वाही हुने व्यहोरा स्वतः सिद्ध छ ।,
६. हामी पार्टी सचिवालयको बैठकबाट सुरु गरेर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक समेत गर्ने योजनाका साथ अगाडि बढेका छौं । यी बैठकहरुबाट हामीले विगतमा गरेका कामको समिक्षा गर्नेछौ र आगामी दिनका लागि कार्ययोजना तय गरी अगाडि जाने छौं । त्यसैगरी हामी छिटै पार्टी महाधिवेशनमा जाने छौं र त्यहाँबाट सबै विषयमा स्पष्ट गरेर अगाडि बढ्ने छौं सबै कमरेडहरुलाई त्यसै अनुसार अगाडि बढ्न आव्हान गर्ने ।