बैठकपछि पार्टी एक ढिक्का भएर आउँछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, केन्द्रीय समितिमा चार दिनसम्मको छलफलले पार्टीलाई एक ढिक्का बनाएको दाबी गरेका छन् ।
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले, बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए ।
उनले भने ‘लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र उच्च अभ्यास भयो चार दिनसम्म । पार्टी अब एकढिक्का भयो भन्ने महसुस यहाँ आउने सबैलाई भएको छ । वादविवाद र संवाद यो बैठकमा टुङ्गीदै छ । लास्टसम्म आउँदा पार्टी एक ढिक्का भएर आउँछ ।’