केदारनाथ पहिरोमा बेपत्ता भएकाको खोजी गर्न कांग्रेसको माग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारतमा पहिरोमा पुरिएका नेपालीहरुको खोजि गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति निकालेर भारतको उत्तराखण्ड राज्यको केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक बेपत्ता भएको खबर दुःखद रहेको जनाउँदै नेपाली नागरिकहरुको खोजी गर्न उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
विहीबार आएको पहिरोमा परेर ११ जना बेपत्ता भएकोमा अहिलेसम्म ३ जना नेपालीको पहिचान भएको जनाइएकोछ । उनीहरु कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामी रहेका छन् । अरुको पहिचान खुलेको छैन भने खोजीकार्य जारी रहेको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।







