यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।














