देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौँ । देशमा हाल मनसुनी वायुको प्रभाव रहेको हुँदा देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी र बाँकी भू भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यसको साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राति भने कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।














