भ्रष्टाचार गर्न दिन्नौ भन्नेहरू नै टिम बनाएर पैसाको बार्गेनिङमा लागेका छन् : राज्यमन्त्री सिर्पाली
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले भ्रष्टाचार गर्न दिने छैनौ भन्नेहरूले नै टिम बनाएर भ्रष्टाचार गर्ने गरेको आरोप लगाएकी छिन् ।
शनिवार काठमाडौँमा आयोजित वीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मञ्चमा आदर्श र सिद्धान्तको कुरा गर्नेहरूको भित्री रहस्य अर्कै भएको बताए । उनले आदर्शका कुरा गर्नेहरू भित्र भित्रै कहाँ पैसा पाइन्छ भनेर टिम बनाएर बार्गेनिङ गर्ने गरेको दाबी गरिन् ।
उनले भनिन्,‘मञ्चमा आदर्शको कुरा गर्छौँ सिद्धान्तको कुरा पनि गर्छाैैं तर भित्र भित्रै कहाँ पैसा पाइन्छ भनेर टिम बनाएर बार्गेनिङ गर्छौँ । भ्रष्टाचार गदैैनौ र गर्न पनि दिदैैनौ भन्ने तर हामी आफै आफ्नो टिम बनाएर भ्रष्टाचार आफै गर्छौ। यो राजनीति हो आजको राजनीति ।’
मन्त्री सिर्पालीले अहिलेको राजनीतिले वीपी कोइरालाहरू जस्ता महान् व्यक्तिको इतिहासलाई कलङ्कित बनाएको टिप्पणी गरिन् ।