सचिवालय बैठक : एमाले अध्यक्ष साउन २ गते कम्बोडिया जाने, बागमती प्रदेश इन्चार्जको जिम्मा गुरु बराललाई
काठमाडौं । नेकपा एमालेले एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराल दिएको छ ।
काठमाडौंमा बसेको सचिवालय बैठकले बागमती प्रदेश इन्चार्जको जिम्मा बराललाई दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यसबाहेक केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर बैठकले गरेको बताए ।
उनले भने ‘ स्थायी कमिटिका वरिष्ठ सदस्य कमरेड गुरु बराललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिने निर्णय भएको छ । अरु केही कमरेडहरुको जिम्मेवारीमा सामान्य हेरफेर भएको छ । ’
त्यस्तै अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने उनले जानकारी दिए । ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उनको भनाई छ।
एमसीसी तत्काल कार्यान्वयमा लैजानु पर्ने पनि एमालेको मत छ ।