सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि,सरकार समक्ष ६ बुदेँ समसामयीक प्रस्ताव
सरकारले संविधानको उल्लङ्घन गर्नेदेखि संवैधानिक संस्थाहरूमा समेत हस्तक्षेप गरेको आरोप
काठमाडौं । नेकपा एमालले, सरकारको कामप्रति चरम असन्तुष्टि जनाएको छ । शनिवार बसेको पार्टी सचिवालय बैठकले सरकार समक्ष ६ बुदेँ समसामयीक प्रस्ताव प्रस्तुत गर्दै सरकारका कामप्रति चरम असन्तुष्टि पोखेको हो ।
समसामयिक प्रस्तावमा सत्ता गठबन्धले संविधानको उल्लङ्घन गर्नेदेखि संवैधानिक संस्थाहरुमा हस्तक्षेप गरेको, विश्वविद्यालयमा संरक्षित संगठनबाट हस्तक्षप गरेको, बाढीबाट भएको धनजनको क्षतिप्रति मौन बसेको, विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेकोलगायतका आरोप लगाइएको छ ।
यस्ता छन् प्रस्ताव
१. वर्तमान सत्ता गठबन्धन संविधानको उल्लङ्घन गर्ने संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खल्बल्याउने काममा उद्यत् छ।
२. कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ । नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ ।
३.संविधानले कहीं पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यसै कारण सभामुखले दलीय आवद्धताबाट अलग हुने प्रचलन रहेको छ । अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सङ्लग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हो।
४. विश्वविद्यालयहरूमाथि सत्ता संरक्षित विद्यार्थी सङ्गठनहरूबाट भइरहेको निरन्तरको हस्तक्षेप, तालाबन्दी र अर जकताप्रति पार्टी गंभीर भएको छ । केही समय अगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि सत्तापक्षका विद्यार्थीहरूद्वारा निन्दनीय दुर्व्यवहार गरियो । नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको कार्यकक्षमा सत्तापक्षकै विद्यार्थीहरूद्वारा तालाबन्दी गरिएको छ । यी लगायत अन्य विश्वविद्यालयहरूमा सिर्जना गरिएका समस्याका कारण हजारौ विद्यार्थीहरूको भविष्य प्रभावित भएको छ । नेकपा (एमाले) स्वतन्त्र र स्वायत्त प्राज्ञिक स ’स्थाहरूमाथि सत्तापक्षबाट भइरहेका यस्तो हस्तक्षेपको निन्दा र भ्रर्त्सना गर्दछ ।
५. अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर जनधनको ठूलो क्षति भएको छ । राजधानी प्रवेश गर्ने ’लाइफलाइन’ को रूपमा रहेको भरतपुर– मुग्लिन सडक लगायत अन्य राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरू पटक– पटक अवरूद्ध हुँदा आपूर्ति प्रणाली र जनताको अत्यावश्यक आवतजावतमा समेत पटक–पटक व्यवधान सिर्जना भएको छ । तर प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको छ । पार्टी केन्द्रीय सचिवालयको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका काममा तत्काल खटिन पार्टी सम्बद्ध सबै युवा, विद्यार्थी, भूपू सैनिक र प्रहरी सहित पार्टी पङ्क्तिलाई आह्वान गर्दछ । यस क्रममा घरबार गुमाएकाहरूलाई तत्काल पुनर्स्थापित गर्न, राष्ट्रिय र जमार्ग सहित सडक पूर्वाधारको यथाशीघ्र पुननिर्माण गर्न र जनजीवनलाई स्वाभाविक अवस्थामा फर्काउन सरकारको ध्यानाकर्षण गर्दछ ।
६. वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरिरहेको छ । स्वस्थ प्र तिष्पर्धाका आधारमा नेतृत्व चयन हुन नदिने, ती संस्थाहरूलाई जसरी पनि आफ्नो नियन्त्रणमा राख्ने र त्यसो हुन नसके विभाजन या विघटन गर्ने क्रियाकलाप गर्दै आएको छ । नेकपा (एमाले) गठबन्धनका यस्ता क्रियाकलापको भ्रत्स ’ना गर्दछ ।















