मिटर ब्याजसम्बन्धि प्रतिस्थापन विधेयक पारित हुन नदिने षड्यन्त्र भईरहेको छ : मन्त्री गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले ल्याएको मिटर ब्याजसम्बन्धि प्रतिस्थापन विधेयक पारित हुन नदिन षड्यन्त्र भईरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए । तर उनले सरकारलाई रोक्न नसक्ने भन्दै तीन दिन भित्र विधेयक संसदवाट पारित गर्ने दावी गरे ।
उनले भने,‘ ‘अहिलेको सरकारले एक पछि अर्को भ्रष्टाचारको फाइल खोल्दैं जाँदा कतैं सरकार नै ढल्छ भनेको सुन्छु । सरकारले मिटरब्याजीहरुलाई पनि कानूनको कठघरामा उभ्याउनलाई अध्यादेश लिएर आउँदा पनि त्यो अध्यादेशलाई आउँन नदिने षड्यन्त्र पनि भईरहेको छ । मिटरब्याजी अध्यादेशलाई ईफ बट केहि पनि लाग्दैन् । यो विधेयक यहि संसदबाट दुईदेखि तीन दिन भित्र हामी पारित गरेर अगाडि बढ्ने छौं ।’
सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा गुरूङ समुदायको योगदान उल्लेखनीय रहेको भन्दै अझै पनि लोकतन्त्रको स्थायित्व, स्थायी शान्ति र विकासका लागि संघर्ष निरन्तर गर्नुपर्ने अवस्था रहेको बताए ।














