सट्टेवाजको आरोप लागेका कलाकारहरु धरौटीमा रिहा
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ परेका थिए ।
यस्तै युट्युबर एलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा पनि पक्राउ परेका थिए । उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ ।














