कांग्रेसको रुपान्तरण अभियान गुटरहित छ : कांग्रेस नेता केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले कांग्रेसको रुपान्तरण अभियान गुट रहित भएको दाबी गरेका छन् ।
कांग्रेस रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा तरुण दलका युवाले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले विभिन्न स्थान,प्रदेश र जिल्लामा गरेको कार्यक्रमले यथास्थितिमा कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन नसक्ने उल्लेख गरे । उनले रुपान्तरण अभियानले कांग्रेसलाई पुरानो स्वरुपमा फर्किन मद्दत गरेको दावी पनि गरे ।
त्यस्तै, उनले रुपान्तरण अभियान कुनै व्यक्ति र गुट विशेष नभएको दाबी गर्दै अभियानले कांग्रेसको रुपान्तरण गरि पुरानो कांग्रेस बनताउन मद्दत गर्ने बताए ।
उनले भने, ‘भन्ने गरिन्छ कांग्रेसमा केही मान्छे मात्रै कराइरहेका छन् । त्यस्तो होइन्,यो रुपान्तरण अभियान गुट रहित छ ।’
उनले ७७ वटै जिल्लामा जिल्ला सभापति चयन गरेको,सातै प्रदेश तथा स्थानीय तहमा कांग्रेसले रुपान्तरण कार्यक्रम गर्दा कांग्रेसमा गुट र समुहको भन्दा पनि संस्थाको हित अनुकुल हुने गरि व्यक्ति चयन गरेको दावी पनि गरे । नेता केसीले कांग्रेसको रुपान्तरण गर्ने हेतुले कार्य गर्ने लक्ष्य अनुसार नै माथिल्लो देखि तल्लो निकायसम्म जिम्मेवारी दिएको चर्चा गर्दै कांग्रेस गुटरहित रहेकोमा दुईमत नभएको धारणा राखे ।














