राजीनामा दिन प्रधानमन्त्री दाहाललाई राजेन्द्र लिङ्देनको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा नैतिकता छ भने राजीनामा दिन आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद लिङदेनले राजीनामा दबाबले मागिने कुरा नभएको पनि प्रष्ट पारे ।
उनले भने ‘प्रधानमन्त्रीले जे कुरा बोल्नु भएको थियो । प्रतिपक्षमा रहेका सबै राजनीतिक दलले सामुहीकरुपमा त्यसको प्रतिवाद गरेका थियौ त्यसको स्पष्टीकरण माग गर्न चाहेका थियौं त्यतिमात्रै होइन् प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज बाँकी छ भने राजीनामा दिनुपर्छ भनेका थियौं । किन हामीलाई बोल्न दिइएन् । ’