हनुमानढोका परिसरमा गरिएको सवारी साधन निषेधको सर्वसाधारणद्वारा स्वागत

काठमाडौं । काठमाडौंको चिनारी नै प्राचीन सम्पदाहरु भएकाले तिनको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ ।
यस क्षेत्रमा हरेक दिन सयौं स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । तर सवारी साधनको उपस्थितिले यस क्षेत्रमा थप प्रदूषण फैलाएको भन्दै सवारी साधनमा महानगरपालिकाले रोक लगाएपछि यो कदमको सर्वत्र स्वागत गरिएको छ ।
वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा सयौं पर्यटकहरु आउजाउ गर्ने गर्छन । यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक भएको महानगरको ठहर छ ।
काठमाडौै महानगर प्रमुख बालेन्द्र साह बालेनले फेसबुकमा लेखेका छन् ‘काठमाडौ मुख्यरुपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अंगाल्न सक्ने भनेकै यिनैै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । ’
के भन्छन त सर्वसाधारण
अनुका ढकाल
हामी पर्यटकहरु आउँदा घुम्ने क्रममा याद हुन्न, यताउता गाडी आएको, अहिले यस्तो व्यवस्थित देख्दा निकै नै राम्रो लाग्यो । सबै ठाउँ सुरक्षित र खुल्ला छ । राम्रो छ ।
बाबुकाजी महर्जन
यो सराहनीय काम हो निकै नै राम्रो छ । स्थानीयको लागि अलि व्यवस्था गर्नुपर्छ । पासहरु दिएर व्यवस्थित गर्नु पर्छ । मान्छे हिड्न गह्रो हुथ्यो अहिले खुल्ला भएको छ ।
कमला ताम्राकार
पर्यटन क्षेत्र हो यहाँ यो कार्य गर्नु भनेको राम्रो हो तर पर्यटकको र स्थानीयको लागि भने केही व्यवस्था गर्नु पर्छ ।
रामेश्वर श्रेष्ठ
यो काम सराहनीय छ । यसमा गाडीहरु गुडाएर यहाँको सम्पदामा पुगेको असर कम हुन्छ । यो राम्रो काम हो ।