कांग्रेस र कम्युनिष्ट मिलेर देशमा ब्रम्हलुट मच्चाईरहेको कमल थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्ट पार्टीले देशमा ब्रम्हलुट मच्चाईरहेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित जनवर्गीय संगठनहरुको संयुक्त पदाधिकारी तथा सदस्य भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले हरतरहबाट देशलाई तहस नहस पारेको आरोप लगाए ।
उनले भने ‘ २०६३ साल पछि कांग्रेस र कम्युनिष्ट पार्टीले आलोपालो गरेर केही सीमित नेताहरुले सिन्डिकेट खडा गरेर देशमा भ्रष्टाचार ब्रम्हलुट गरिरहेका छन् । विदेशीको सामुन्ने लम्पसार परिरहेका छन् । नेपाली युवाहरुलाई रोजगारी दिन नसकेर विदेश पठाएका छन् । यो सबै कारणले गर्दा जनताले कांग्रेस र कम्युनिष्टलाई भोट हाल्दैनन् । ’
जनताले विकल्प खोजिरहेको र विगतमा कांग्रेस र कम्युनिष्टलाई भोट हालेकाहरु पनि अब आउने चुनावमा कांग्रेस र कम्युनिष्टलाई भोट नहाल्ने दावी पनि अध्यक्ष थापाको थियो । उनले गएकै चुनाव र उपचुनावमा त्यसको संकेत देखिएको समेत बताए ।