झण्डै एक वर्ष पछि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी असार २७ गते बस्ने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार बैठक असार २७ गते बुधबार अपरान्ह १ बजे बस्ने छ ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बुधबार विहान बसेको पार्टीका शीर्ष पदाधिकारीको छलफलपछि असार २७ गते बैठक बोलाइएको हो ।
भुटानी शरणार्थी प्रकरणलगत्तै पार्टीको केन्द्रीय कार्य समिति बैठक बोलाउन चर्को दबाब खेपेका सभापति देउवाले लगभग एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
पार्टी विधानअनुसार कम्तीमा हरेक दुई महिनामा एक पटक केन्द्रीय कार्य समितिको बैठक बस्नु पर्ने प्रावधान छ ।