सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न १ करोड ८० लाख मूल्यका शैक्षिक सामग्री सहयोग

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेका ३९ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शिक्षामा गुणस्तरीयता ल्याउन शैक्षिक सामग्रीहरु सहयोग गरीएको छ ।
सोरु गाउँपालिकामा रहेका आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुको शिक्षामा टेवा पुर्याउनका लागि अपाङ्गता अधिकार तथा शिक्षा सुदढीकरण परियोजनाबाट प्रत्येक विद्यालयमा विद्यार्थीको संख्याको आधारमा सहयोग उपलब्ध गराइएको छ ।
यसरी उपलब्ध सामग्रीमा बसाई व्यवस्थापनको लागि भुई सिलीङ्ग,कार्पेट,कुसनका साथै भुई टेवुल, बुकर्याक, विद्यालय किताब कुना स्थापना ,सरसफाई सामग्रीलगायत ४५ प्रकारका शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।

यस्तै शिक्षक शिक्षिकाहरुलाई सिकाई क्रियाकलापमा आधरिीत शिक्षण सिकाईका टेवा पुर्याउनको लागि तालिम,विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त गतिविधिमा सहयोग पुर्याउने लक्ष्यका साथ गठन गरिएका बाल क्लबहरुका लागि यू.एम .एनको आर्थिक सहयोगमा १ करोड ८० लाख बराबर मूल्यको सामग्री र अन्य गतिविधिहरु पनि सहयोग गरिएको ग्रामीण समुदाय बिकास संस्थाका कार्यक्रम संयोजक बासु रावलले बताएका छन ।
बिद्यालयमा बिगतका दिनहरुमा पठन पाठनका लागि ठूलो समस्या हुने गरेको थियो । पछिल्लो समयमा ग्रामीण समुदाय बिकास संस्था ४५ प्रकारका शिक्षण सामग्री दिए पछि निकै सहज हुनुका साथै विद्यालयका विद्यार्थीहरुको संख्या दिन प्रति दिन बढी रहेको नेपाल शिक्षक महासंघ सोरु गाउँपालिकाका अध्यक्ष नवराज बूढाले बताए ।

संघीय संरचना अनुसार स्थानीय सरकारले गर्न नसकेका कामहरुमा पालिकामा बिभिन्न संघ सस्थाले शिक्षा ,स्वास्थ,क्षेत्रमा काम गदै आई रहेका भए पनि सोरु गाउँपालिकामा रहेका आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई गतिविधिमा ठूलो तथा नमुनाको रुपमा काम गदै ग्रामीण समुदाय विकास संस्थाले योगदान दिदैं आएको छ ।
आउँदा दिनहरुमा सोरुगाउँपालिकाको शिक्षा ,स्वास्थ्य क्षेत्रमा थप टेवा पुर्याउनको लागि स्थानीय सरकारबाट संस्थालाई पूर्णपमा सहयोग गर्ने सोरुगाउँपालिका अध्क्षय धर्मबहादुर शाहीले बताए ।