श्रमको सम्मान भए मात्र गुरूहरूको सम्मान हुन्छ : बालेन

Balen_shah
46

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहाले मन्त्रउच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन् ।

गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शसभकामना दिंदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरूहरूको सम्मान हुने जनाएका हुन् ।

‘सबै गुरूहरुलाई आज गुरू पुर्णिमाको दिन सम्झिदै गर्दा उनीहरुको तलव सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ,’ उनले लेखेका छन्,‘गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ ।’



समयको क्रम र आवश्यकता अनुसार ऐन कानूनहरू पनि परिवर्तन हुँदै जाने र जानुपर्नेमा पनि साहले जोड दिएका छन् ।

नियमहरुले आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा हुने जनाउँदै उनले लेखेका छन्,‘आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरूलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिदैन थियो ।’



Support Nepali Journalism

Author