लोकतन्त्रलाई बलियो बनाउन सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री गुरुङ
74
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्रले आफुहरुको पहिचानको सम्मान गरेको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले सबैको लागि लोकतन्त्र अधिकारको रुपमा आएको बताइन ।
उनले भनिन ‘लोकतन्त्रलाई बलियो बनाउने कुरामा हामी सबैको ऐक्यबद्धता हुन जरुरी छ । त्यसले मात्र हो । अधिकारहरुलाई प्राप्त गर्ने बाटो खुल्छ ।
मुलुक र जनताको लागि लोकतन्त्र आवश्यक छ । लोकतन्त्रले मात्र हाम्रो पहिचान र भावनालाई पहिचान गर्न सक्छ ।’
मन्त्री गुरुङले धेरै कुरा गर्नु भन्दा पनि आफ्नो एजेण्डाहरुमा लाग्न आवश्यक भएको पनि बताइन् ।











