मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ ।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ ।
तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको मात्रै समर्थन रहेको छ ।
यता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् ।
एक मात्र सांसद रहेको जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।














