आजको विदेशी मुद्रा विनिमयदर कति, जानि राखौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४रुपैयाँ ६९पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।














