राजनीतिक दल स्वार्थी भएकैले जनताले विकल्प खोजेको वरिष्ठ अधिवक्ता बिडारीको भनाई

Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले, आम नागरिकले स्वार्थ केन्द्रित राजनीतिको विकल्प खोजेको तर्क गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित रुपचन्द विष्टको २४ औं स्मृति दिवसमा उनले राजनीतिक दलका नेताहरुले सक्ता, शक्ति र आफन्तको हितमा केन्द्रीत भएर कार्य गर्न थालेकाले नेपाली जनताले विकल्पको राजनीति खोजेको तर्क गरेका हुन् ।
दलालको राज्य चलेको र रुपचन्द्र विष्टको कुनै काम पूरा नभएको उनको भनाई छ ।
‘रुपचन्द्र विष्टलाई सम्झिने हो भने उनले गरेको कुनै काम पूरा भएको छ? अहिलेका दलहरुले यो कुरालाई मनन गरेका पनि छैनन्, दलहरुका नेतामा यो विषयमा भन्दा शक्तामा कसरी बस्ने, पैसा कसरी कमाउने र आफन्तलाई कसरी मिलाउने दलका काम भए । त्यसैले विस्तार विस्तार विकल्पको दल खोज्न थालियो र राजनीतिक दलहरुले व्यवस्था बारे छलफल गरुन ।’ उनले भने ।
देशमा अहिले दलालको राज्य चलेको आरोप लगाए । रुपचन्द्र विष्टले पार्टीको भन्दा राष्ट्रको प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेको भन्दै बिडारीले आज पनि दलभन्दा माथि उठेर कुनै पनि दलबाट बनेका प्रधानमन्त्रीले राष्ट्रको लागि काम गर्न नसकेको बताए ।
‘कुर्सीमा बस्यो कि दललाई छोडेर प्रधानमन्त्री हुनजेल नेपालको प्रधानमन्त्री भएर राज्यको काम गर्नुपर्छ यो रुपचन्द्रको भनाई थियो ।’
संसदीय व्यवस्थामा रुपचन्द्रको भनाई नमिल्ने हुनाले त्यसलाई मिलाउने गरि दलहरुमा पनि छलफल,विचार विमर्श र समालोचना गर्नुपर्ने धारणा उनले राखे ।