असत्यविरुद्ध लड्नु पर्छ : एमाले अध्यक्ष ओली

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, असत्यविरुद्ध अडिग भएर लड्नु पर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा नवौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सत्यसंग नडराउन र शक्तिसंग नझुक्न सुझाव दिए ।
उनले भने ‘सत्यसंग नडराऔं । शक्तिसंग नलुकौं । शक्ति क्षणीक र अस्थायी हुन्छ । यदि शक्ति सत्यसम्बद छ भने मात्र मान्ने हो हैन भने सत्य सम्बद्ध छैन भने सत्यमा आधारित छैन .भने असत्यमा आधारित भएको सत्यलाई अस्विकार गर्नु पर्छ । नत्र भने यो हाम्रो कायरता हुनेछ । ’
आफू सही भयो भने संसार राम्रो बन्ने भन्दै ओलीले पैसाको बलमा स्थापित सत्य कहिल्यै दिगो नहुने बताए ।