भारतीय संसदमा राखिएको नक्साबारे नेपाली राजदूतावासले प्रतिवेदन पठाउँछ : परराष्ट्रमन्त्री साउद

Getting your Trinity Audio player ready...
|
काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले भारतले उस्को संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् ।
मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री साउदले भारतको तर्फबाट आधिकारिक धारणा आइसके पनि भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताए ।
उनले भने ‘ भारतीय संसद भवनमा राखिएको नक्सामा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनि त्यो नक्साको क्याप्सनमा लेखिएको र यो राजनीतिक विषय नरहेको भनि भारत सरकारका तर्फबाट आधिकारीक धारणा समेत त्यहाँका विदेशमन्त्रीबाट आइसकेको समेत जानकारी गराउन चाहन्छु । हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्ली स्थित नेपाली राजदूतावासलाई निर्देशन पनि दिएका छौ । ’
परराष्ट्रमन्त्री साउदले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जादाँ ५१ सदस्य मात्रै टोली रहेको उल्लेख गर्दै यसपालिको भ्रमण टोली पनि सयभन्दा माथि नै जानकारी पनि बैठकलाई गराए ।