केल्मीका नक्कली सामग्रीविरुद्ध प्रहरीको छापा
केल्मी ब्राण्डका खेलकुद पोशाकहरु बजारमा नक्कली सामग्री पाइएको गुनासो आए पछि नेपाल प्रहरीले काठमाडौं र पोखराका विभिन्न ठाउँमा छापा मारेको छ । उपभोक्ताले केल्मीको लोगो देखेर किनेको सामान गुणस्तरहिन भएको पाइएको भन्दै उजुरी गरेका थिए । नेपालको आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालिले मात्रै देशका विभिन्न ठाउँहरुमा विक्रि केन्द्र तोकेको छ ।
तर, काठमाडौं र पोखरमा नक्कली सामाग्री बनाएर विक्री वितरण गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरको छ । पोखरामा रहेको ज्याकेट हाउटबाट ५ सय प्रति नक्कली केल्मीको पोशाकसहित ज्याकेट हाउसका सञ्चालकलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनलाई बैदाममा राखिएको छ । यसैगरी काठमाडौंबाट पनि २ जना पक्राउ परेका छन् ।
एमकेसी, गार्मेन्ट भोटाहिटी र सुजन सिर्जना शिबम् रेडिमेन्ट स्टोर महाबौद्धबाट १२०० थान केल्मीका अनाधिकृत लोगो अंकित सामग्रीसहित २ जना पक्राउ परेका छन् । पक्राउ परेका मालिक र सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । प्रिन्ट गर्नका लागि एक जना भारतीय पनि संलग्न रहेको र उनलाई मेसिनसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
केल्मी नेपाली खेलकुदमा परिचित नाम हो । नेपाली राष्ट्रिय क्रिकेट, भलिबल र मार्सल आर्टसका साथै ए क्लब फुटबल र नेपाली सेना, एपीएफ र नेपाल पुलिसका खेलाडीहरुलाई आधिकारिक प्रायोजन पनि गरेको छ । केल्मीले देशभर २० वटा आउटलेट सञ्चालनमा ल्याएको छ, भने मुख्य शहरमा १३ वटा आधिकिरिक स्टोरहरु पनि रहेका छन् ।














