पाँचथरमा बाढीले बगाउँदा पाँच जना वेपत्ता
काठमाडौं । पाँचथरमा बाढिका कारण पाँच जना वेपत्ता भएका छन् ।
बिहिबार देखि लगातार परेको अविरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा आएको बाढिका कारण पाँच जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी गराएका छन् ।
साथै पाँचथरकै विभिन्न स्थानका ५ वटा पक्की पुल र एउटा झोलुंगे पुल बगाएको पनि प्रहरीले बताएको छ । बाढिले अझै धेरै क्षति गराएको हुन सक्ने र क्षतिको विवरण आउन वाँकी रहेको छ । अझै पनि बर्षा भैरहेको र सडक सञ्जाल समेत अवरुद्ध भएकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले बताएको छ ।










