मेची राजमार्ग अवरुद्ध
2
काठमाडौं । अविरल वर्षाले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको डिएसपी हरि खतिवडाका अनुसार फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल बग्दा मेची राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङ जाने सवारी साधार यात्रुहरु फिदिममै रोकिएका छन् ।










