प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।
बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खर्च रकम कटौतीको शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, आजको बैठकमा सांसद लिलानाथ श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षक, सांसदहरू कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सांसद प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।










