यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८५पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६४पैसा र बिक्री दर १४२ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।











