अहिले कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ
जनकपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुर पुगेका नेता खनालले जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट गरेका हुन् ।
उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए ।











