रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली चलेको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ८ का रामकुमार राय रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै उक्त झडपमा अन्य ३ जना घाइते भएका छन् ।
घाइते भएका तीनै जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली कसले चलायो भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।