सुनको तोलामा ६ सय रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली बजारमा आईतबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।
नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।














