आरोही शेर्पालाई आधिकारिक रुपमा सद्भावना दूतमा नियुक्त

काठमाडौं । इटाली सरकारले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई आधिकारिक रुपमा सद्भावना दूतमा नियुक्त गरेका छन् ।
‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ ले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उनलाई आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेको हो ।
‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई आधिकारिक नियुक्ति पत्र मार्फत सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फुर्वा तेन्जिङ शेर्पाले गरेको कामले मुलुकलाई गौराम्भित गरेको बताएका छन् ।
उनले भने, ‘राष्ट्रिय अन्तराष्ट्रि रुपमा काम गर्ने मौका पाउँदै हुनुहुन्छ । उहाँले हिमाल चडेर देशलाई चिनाउनु भयो । यो नेपालीहरुको लागि गौरवको कुरा हो । हामिले उहाँको साहसलाई हिमचितुवाको रुपमा चिन्नु पर्छ । ’
नेपालको लागि आरोही शेर्पाले उल्लेखनिय काम गरेको र त्यस्तै काम नेपाली राजनीतिमा पनि हुनुपर्ने उनको भनाई छ ।
उनले एक आपसमा एकता भए सबै असम्भव कामहरु पनि गर्न सकिने उदाहरण आरोही शेर्पा र उनको टिम भएको पनि बताए ।