मन्त्री अब्दुल खानले दिए राजीनामा
काठमाडौं । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।
उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका हुन् ।
सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेका उनिहरुले अहिले पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि राजीनामा दिएका हुन् ।
उनी जनमत पार्टीबाट सांसद बनेका थिए ।














