नेताकै कारण आज हरेक नागरिक निराश छन् : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता कै कारण आज हरेक नागरिकमा निराशा पैदा भएको टिप्पणी गरेका छन् ।
काठमाडौँमा मंगलवार आयोजित गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा उनले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताए ।
उनले भने ‘प्रत्येक मान्छे आत्तिएको छ । खास गरी तन्नेरीहरू आत्तिएका छन् । ठाउँ छोडेर जान चाहिरहेका छन् । हुलका हुल छोडेर जान चाहिरहेका छन् । बस्तीहरूले बाहिर भनेका छैन्न तर एक्लै बसेर, खुलेर कुरा गर्ने वातावरण बनाइदियो भने, बसेर गल्ती पो गर्यौँ कि भन्न थालेका छन् ।’
२०६० साल सम्म १० जना मध्ये ८ जनालाई सोध्दा देशको अवस्था चिन्ता जनक आशावादी छु भन्थ्यो तर आज कोही नेपालको अवस्थाबारे आशावादी मान्छे भेट्न कठिन हुने बताउन गरेको उनको भनाई छ ।
नेपालको अर्थतन्त्रलाई व्यवस्थित गर्न नागरिकलाई विश्वास गर्नुपर्ने र सबै मिलेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु पर्ने उनले बताए ।














