विश्वासको मत दिन अनिवार्य रुपमा उपस्थित हुन सांसदलाई ओलीको उर्दी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदलाई विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हु निर्देशन दिएका छन् ।
सोमबार संसद बैठक सुरु हुनुअघि नै बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले सोमबार भनेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ छ ।














