काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन परिवार सहित सोलुखुम्बु क्षेत्रको भ्रमणका लागि पुगेका छन् ।
|
Getting your Trinity Audio player ready...
|
आफ्नो ट्वीटर हेण्डलमा भ्रमणको भिडियो पोष्ट गर्दै उनले भ्रमण गरेको उल्लेख गरेका छन् ।
यसका साथै अमेरिकी दूतावासको फेसबुक पेजमा राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर सार्वजनिक गरिएको हो ।
पारिवारिक तस्बिरका साथ राजदूत थम्पसनले भनेका छन्,‘सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे हामी अझैं पनि सोच्दै छौं । मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो । यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ ।’








