१५ दिनभित्र काठमाडौँ भित्रका सडकका खाल्डाखुल्डी पुर्न मन्त्रीको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् । सडक निर्माण र विस्तार भइरहेको क्षेत्र चाबहिल जोरपाटी क्षेत्रमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन ।
पछिल्लो समय काठमाडौंभित्रका भित्रि सडकमा खाल्डाखुल्डी बढेको र सडक स्तरोन्नती गर्नुपर्ने अवस्था रहेको उनले बताएका थिए । उनले बिहीबार नै सितापाईलास्थित छाउनी सडकखण्डको अनुगमन समेत गरेका थिए ।
उनले काठमाडौं महानगरका प्रमुख, उपत्यका विकास प्राधिरणको पनि छिट्टै बैठक राखेर सडक व्यवस्थापनको लागि दिने बताए । काम जसरी पनि गर्ने नीतिलाई कार्यान्वय गरेर छाड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘एउटा मेसिनले एक ठाउँमा मात्रै काम गरेर हुँदैन २ वा ३ वटा प्रयोग गरेर १५ दिनभित्र हर हालतमा चाहिन्छ । हामी व्यवस्थापन गछौँ ।’ अनुगमनमा पुगेका श्रेष्ठले भने ।











