मन्त्रालय फुटाउने विषयमा छलफल भएको छैन : प्रधानमन्त्री प्रचण्ड
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । मन्त्रालय फुटाएर २५ पुर्याउने विषयमा छलफल नै नभएको सरकारले दाबी गरेको छ। सत्ताारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय फुटाउने विषय छलफल नभएको बताएका छन्। बैठकमा प्रधानमन्त्री दाहालसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाकाका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी थिए।
बैठकमा लिङ्देनले मन्त्रालय फुटाउने विषयमा कुरा उठाएका थिए। उनले मन्त्रालय फुटाउँदा जनतामा नराम्रो सन्देश जाने भन्दै ध्यान दिन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले गठबन्धनमा सातवटा दल भएको सबै चित्त बुझाउनुपर्ने बाध्यता भए पनि मन्त्रालय फुटाउने विषयमा छलफल नभएको दाबी गरे। उनले भने, ‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु। हल्लाहरू सुनेर नपत्याइदिनुहोला।’ यो बैठकमा सरकारले १० मा गरेको कामको समीक्षा भएको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको जनजीवीकालाई सहज बनाउनेबारे छलफल भएको बताए। उनले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको बताए। उनले मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको बताए।








