नेपाली कफीको माग बढ्दै
काठमाडौं । कफीमा हाइ हिमालय भनेर परिचित भएकाले नेपालको लोकप्रिय मानिन्छ । यहाँको हावा पानी, जमिन र हिमालले गर्दा उत्कृष्ट भएको हो ।
चिसो मौसममा त धेरैले रुचाउने वस्तु हो कफी । विश्वका अधिकांश मानिसहरुले पिउन रुचाउने कफीको प्रयोग नेपालमा पनि बढ्दो छ ।
विगतको दिनमा कम मात्रामा खपत हुने कफी पछिल्ला दिनहरुमा बढ्दै गएको पाइन्छ । नेपालले विभिन्न देशबाट कफी आयात गरी बजारमा खपत गर्दै आएका छन् । बजारमा खपत हुने अधिकांश कफी आयातित हुन् । तर हाइ हिमालय भनेर परिचित भएकाले नेपालको कफी विश्व बजारमा लोकप्रिय मानिन्छ ।
नेपालमा निकै गुणस्तरयूक्त कफी उत्पादन कफी पारखीको विश्वास छ । जति धेरै चिसो ठाउँमा कफी उत्पादन गर्न सकियो त्यति नै राम्रो मानिन्छ । त्यस्तै, नेपालमा उत्पादन भएको कफीमा हाइ हिमालय भनेर परिचित भएकाले नेपालको हावा पानी, जमिन र हिमालले गर्दा उत्कृष्ट मानिन्छ । तर, नेपालमा उत्पादनमा ध्यान दिन नसक्दा ठूलो बजार गुमाइरहेको नेपाल कफी व्यवसायी महासंघका केन्द्रीय सदस्य राजकुमार कडेलले बताएका छन् ।
पाँच महिनामा ३ करोड बढीको कफी निर्यात
कुन-कुन देश पुग्यो नेपाली कफी ?
नेपालमा वार्षिक ३ सय मेट्रिक टन भन्दा बढी उत्पादन हुँदै आएको छ । तर, बजारको माग भने ६ गुणा बढी रहेको व्यवसायीहरुको अनुमान छ । जसले गर्दा व्यवसायीहरुले बजारको माग आयात गरेर धान्नुपर्ने अवस्था छ ।
थोरै परिणाममा कफी उत्पादन भएपनि व्यवसायीहरुले विभिन्न देशमा निर्यात गर्दै आएका छन् । त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले २ करोड ८४ लाख २८ हजार रुपैयाँको १६ हजार ४५२ केजी कफी निर्यात गरेको छ ।
पाँच महिनामा विश्वका १४ वटा देशमा नेपाली कफी निर्यात गरेका छन् । सो अवधिमा नेपालबाट सबैभन्दा बढी जर्मनीमा निर्यात गरेको छ । जसमा जर्मनीमा मात्रै १ करोड ९ लाख २७ हजारको ६ हजार केजी कफी निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
जर्मनीपछि जापानमा १ करोड ३ लाख ५२ हजार रुपैयाँको ५ हजार ३०३ केजी, अष्ट्रेलियामा १८ लाख ९८ हजार रुपैयाँको १ हजार केजी, दक्षिण कोरियामा १२ लाख ४२ हजार रुपैयाँको १ हजार ८० केजी, इटलीमा १० लाख १६ हजार रुपैयाँको ६ सय केजी र ताइवानमा ७ लाख ९० हजार रुपैयाँको ६७७ केजी कफी निर्यात गरेको छ ।
त्यसैगरी, हङकङमा ६ लाख ३३ हजार रुपैयाँको २६९ केजी, अष्ट्रियामा ३ लाख ३४ हजार रुपैयाँको ९९ केजी, रसियामा ३ लाख २५ हजार रुपैयाँको ११० केजी, स्वीजरल्यान्डमा २ लाख ९५ हजार रुपैयाँको २३८ केजी, २ लाख ८७ हजार रुपैयाँको २८७ केजी, पोल्यान्डमा १ लाख ९७ हजार रुपैयाँको एक सय केजी, फिनल्यान्डमा ६९ हजार रुपैयाँको ६५० केजी र भारतमा ६२ हजार रुपैयाँको ४० केजी कफी निर्यात गरेको छ ।















