प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति विक्रमसिंघेले फोनमार्फत दिए बधाई
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोनमार्फत श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेले बधाई दिएका छन्।
बधाई दिँदै राष्ट्रपति विक्रमसिंघेले दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
श्रीलंकामा पछिल्लो समय आर्थिक मन्दी छ। यसबीचमा विक्रमसिंघे राष्ट्रपति भएका हुन्।











