बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचन आज
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ । दलको नेतामा सहमति जुट्न नसकेपछि आज हेटौडामा २ देखि ३ बजेसम्म मतदान हुन लागेको हो ।
निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार मतदान सकिए लगत्तै गणना हुने र आजै मतपरिणाम सार्वजनिक हुनेछ। कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र बहादुर लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मंगलबार मतदाता नामावली प्रकाशन गरिएको थियो । बेलुुका ४ बजे अन्तिम नामावली प्रकासित गरिएको हो । बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन र आजै दिउँसो २ बजेदेदि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।







