संसदीय दलको नेता चयन गर्न जसपामा चुनाव हुँदै
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) मा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ ।
मतदान सकिएलगत्तै गणना पनि हुनेछ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । उनीहरूमध्येबाटै उम्मेदवार हुनेछन् भने मतदाता पनि उनीहरू नै हुन् । अध्यक्ष उपेन्द्र यादव ४ मंसिरको चुनाव पराजित भएपछि संसदीय दलको नेतामा चुनाव हुन लागेको हो । नेता अशोक राई र राजकिशोर यादवबीच दलको नेताका लागि चुनाव हुने सम्भावना छ ।







