मनिचेञ्जरले अनिवार्य रुपमा पुलिस रिपोर्ट बनाउन पर्ने
काठमाडौं । विदेशी विनिमय मुद्रा कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य रुपमा प्रहरी रिपोर्ट बुझाउन पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गर्दै विभागले विनियम ४ को उपविनियम ३ मा इजाजत प्राप्त गर्न वा इजाजत पत्र नवीकरण गर्न प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (क्रिमिनल रेकर्ड) नदेखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
यदि क्रिमिनल देखिए पनि उक्त व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने प्रावधान विनियमावलीमा व्यवस्था गरिएको छ ।














