बलिउड अभिनेत्री ऐश्वर्या रायको नक्कली पासपोर्ट सहित ३ जना पक्राउ
नोएडा । नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ।
उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी बरामद भएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ।
उनीहरुले ऐश्वर्याको नक्कली राहदानी केका लागि प्रयोग गरे भन्ने बारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको नाटक गरेर महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए ।
यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो।
यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेका छन् ।
ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो ।
प्रहरी अधिकारी अभिषेक वर्माले मिडियालाई दिएको जानकारी अनुसार नाइजेरियाली अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् ।
तीनै जनालाई ग्रेटर नोएडाबाट पक्राउ गरिएको हो ।
















