स्याङ्जा २ (१) बाट कांग्रेसका अर्याल विजयी
स्याङ्जा २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएएका छन् । अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पराजित गरेका हुन् ।
विजयी भएका अर्यालले १५ हजार १६१ मत पाए भने एमालेका रेग्मीले १२ हजार ४३१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।










