एउटै अस्पतालमा ५० भन्दा बढी कर्मचारी सङ्क्रमित भए पछि खोप कार्यक्रम स्थगित
काठमाडौँ / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले भोलि सोमबारदेखि एक सातासम्म कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ ।
अस्पतालले आइतबार एक विज्ञप्ति जारी गरी खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएकाले यही माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
त्यस अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुने अर्को मिति अनिश्चित नै छ ।










