प्रदेश सरकारले सच्यायो नक्सा

जनकपुर / सर्वत्र आलोचना भएपछि मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । सरकारले प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेको थियो ।
त्यसको व्यापक आलोचना भएपछि सरकारले चुच्चे नक्सा राख्दै पुनः राजपत्र प्रकाशित गरेको हो ।
नेपाल सरकारले विसं २०७७ जेठ ३१ गते निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा पारित गरेको थियो ।तर, मधेस प्रदेश सरकारले चुच्चे नक्सा नराखी राजपत्र प्रकाशित गरेपछि सरकारका प्रवक्ता तथा अर्थमन्त्री तत्काल नक्सा सच्याइने बताएका थिए । आइतबार प्रकाशित राजपत्रमा नक्सा सच्याइसकिएको छ ।