स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता
काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो । अब गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाइएको छ ।
शिर्ष नेताहरु आफै कोरोना संक्रमित भए पछि पछिल्लो समय उनीहरु बीच भेटवार्ता हुन सकेको थिए । मुख्यतय स्थानीयतहको निर्वाचनको मुद्दा पेचिलो बन्दै गएको छ ।
आगामी बैशाकमा स्थानीय तहको निर्वाचित पदाधिकारीहरुको म्याद सकिदैछ । यसका साथसाथै संघीय र प्रदेश निर्वाचन पनि संमुखमा छ ।














