काठमाडौँमा थपिए दुई हजार भन्दा बढी सङ्क्रमित
काठमाडौँ/ काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ ।शुक्रवार मात्र उपत्यकामा २ हजार ६०७ थपिएका हुन्। काठमाडौँमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ।
यसै गरी ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्र काठमाडौँमा १ हजार ४३९ जनामा कोरोना देखिएको थियो। यसै गरी ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना थपिएका थिए । आज मात्र देशभर ५ हजार ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । १३ हजार ४७४ जनाको पिसिआर र ७ हजार ८६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।










